विश्वकपमा उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ : रोहित पौडेल « Khabarhub

विश्वकपमा उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ : रोहित पौडेल


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपमा उच्च मनोबलका साथ खेल्ने बताएका छन् ।

विश्वकपमा सहभागी हुन नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै अमेरिका पुगेका रोहित आइतबार सामाजिक सञ्जाल मार्फत राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयका लागि खेल्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘ दश वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोश्रोपटक टी२० विश्वकप क्रिकेटमा सहभागी हुँदैछौं । अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनौट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईं सबै क्रिकेटप्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका श्रोत हुनुहुन्छ। राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ । संधैजस्तो यसपटक पनि तपाईंहरु सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौं ।’

अमेरिका र वेष्ट इन्डिजमा जारी विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दै छ। नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग खेल्नेछ। अमेरिकामा समूह चरणका दुई खेलपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ।

वेस्ट इन्डिजमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा नेपालले प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १० : ३५ बजे

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन