टी २० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित « Khabarhub

टी २० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै वेस्ट इन्डिजले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रोस्टन चेसले नटआउट ४२ रन बनाए । त्यस्तै आन्द्रे रसलले नटआउट १५ रन बनाउँदा ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ तथा कप्तान रोभमन पावेलले १५ रन बनाए ।

पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए । अलेई नाओ, चाद सोपर र जोन कारिकोले एक–एक विकेट लिए ।

यसअघि प्रोभिडेन्स स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे । ४३ बलको सामना गरेका बाउले ६ चौका र एक छक्काको मदतमा ५० रन बनाए । त्यस्तै, किपलिन डोरिगाले २७ रन, कप्तान असद भालाले २१ रनको योगदान दिए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रन बनाए ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ तथा अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट लिए ।

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ११ : ५६ बजे

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई