मार्ग प्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह « Khabarhub

मार्ग प्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमति बारे जानकारी गराउँदै मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

उनले कांग्रेससहितका दलको समर्थनमा आफू प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गरेका छन् ।

गएराती कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ ।

प्रचण्डले भने प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्नेबारे छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ११ : ३४ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,