कोपा अमेरिका : उरुग्वे र पानामा क्वार्टरफाइनलमा | Khabarhub Khabarhub

कोपा अमेरिका : उरुग्वे र पानामा क्वार्टरफाइनलमा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा पुगेका हुन् ।

उरुग्वेले आफ्नो समूह चरणको अन्तिम खेलमा अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औँ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि उरुग्वेले समूह चरणका तिनै खेल जितेर समूह ‘सी’ मा शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ ।

यस्तै, आज भएको समूह ‘सी’ को अर्को खेलमा पानामाले बोलिभियालाई ३–१ गोलले पराजित गरेको थियो ।

यो जितपछि पानामा ३ खेलबाट दुई जितसहित ६ अंक हासिल गर्दै समूह ‘सी’ मा दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको हो । योसँगै समूह ‘सी’ बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब क्वार्टरफाइनलमा उरुग्वेले समूह ‘डी’ को उपविजेता र पानामाले विजेतासँग खेल्ने छन् ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : ४६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास