ग्राभेल उत्खनन् गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु « Khabarhub

ग्राभेल उत्खनन् गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा गाउँ नजिकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ ।

नरहा गाउँ पालिका ३ खोरियाटोल नजिकै ग्राभेल माफियाहरूले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल शुशीलकै भान्जा करिव ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो । 

सोमबार करिव ११ बजेबाट हराइरहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अबेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। 

आज बिहान गाउँकै एकजना खेत खन्न गएकोबेला कसहाबाला भन्ने बसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि हामीलाई खवर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए।

तत्काल पुगेका प्रहरीले आवश्यक प्रकृया पुरागरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ। 

यस क्षेत्रमा स्थानीय ग्राभेल माफियाहरूले जथाभावी ग्राभेल उत्खनन् गर्दा बनेको खाल्डोमा वर्षाको समयमा जमेको पानीमा डुबेर वर्षेनी बाल बालिकाहरूको मृत्यु हुने गरेको स्थानीयहरु बताउँछन्। 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : १३ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी