ग्राभेल उत्खनन् गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु « Khabarhub

ग्राभेल उत्खनन् गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा गाउँ नजिकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ ।

नरहा गाउँ पालिका ३ खोरियाटोल नजिकै ग्राभेल माफियाहरूले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल शुशीलकै भान्जा करिव ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो । 

सोमबार करिव ११ बजेबाट हराइरहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अबेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। 

आज बिहान गाउँकै एकजना खेत खन्न गएकोबेला कसहाबाला भन्ने बसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि हामीलाई खवर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए।

तत्काल पुगेका प्रहरीले आवश्यक प्रकृया पुरागरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ। 

यस क्षेत्रमा स्थानीय ग्राभेल माफियाहरूले जथाभावी ग्राभेल उत्खनन् गर्दा बनेको खाल्डोमा वर्षाको समयमा जमेको पानीमा डुबेर वर्षेनी बाल बालिकाहरूको मृत्यु हुने गरेको स्थानीयहरु बताउँछन्। 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : १३ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन