इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा : प्रधानमन्त्री नेतान्याहु  | Khabarhub Khabarhub

इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा : प्रधानमन्त्री नेतान्याहु 


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताएका छन् ।

हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको नेतान्याहूले इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा उजागर गरेका हुन् ।

नेतान्याहुको कार्यालयका अनुसार, उनले गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग गाजामा इजरायलको नौ महिना लामो आक्रमण माथि सुरक्षा मूल्यांकन बैठक गरेको एक दिन पछि नेतन्याहुको यस्तो अनुमान आएको हो । राफाह लडाइमा जोड दिदै हमासमाथि सैन्य दबाबको निरन्तरता कायम राख्ने नेतन्याहुको कार्यालयले जनाएको छ ।

सोमबार पनि, इजरायली रक्षा बल (आईडीएफ) ले पूर्वी खान युनूसबाट नागरिकहरूको सामूहिक निकासीको आदेश दिए सँगै दक्षिणी गाजन सहरमा सम्भवतः यस क्षेत्रमा पुनः समूहबद्ध भएका हमास सेनाहरूसँग लड्नका लागि स्थल सेनाहरूले चाँडै आफ्नो आक्रमणहरू पुनः सुरु गर्न सक्ने संकेत गर्‍यो ।

इजरायलले अप्रिलको सुरुमा खान युनूसमा ठुलो मात्रामा आक्रमण गर्‍यो  र पछि आफ्नो अधिकांश सेना फिर्ता लियो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : ४३ बजे

 मार्तडी–कोल्टी, साँफे–मार्तडी  सडक अवरुद्ध

बाजुरा– बाजुराको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द

 सप्तकोशी बहाव अपडेट : ५६ वटै ढोका खोलिए

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै

सिद्धार्थ राजमार्ग भासियो

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार

एमाले संसदीय दलको बैठक : कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्दै ओली

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक संसद् ‍भवन नयाँबानेश्वरमा बसिरहेको