राप्रपा संविधान संशोधनको पक्षमा उभिने « Khabarhub

राप्रपा संविधान संशोधनको पक्षमा उभिने


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। 

राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको हो । 

पदाधिकारी बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतकसमेत रहेका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘परिवेश परिस्थिति मूल्यांकन गरेर संविधान संशोधनको पक्षमा उभिन्छ ।’

पदाधिकारी बैठकले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनअनुसार गठन हुने सरकारमा सहभागी हुनेबारेमा भने कुनै निर्णय नगरेको शाहीले बताए । 

प्रमुख सचेतक शाहीले पार्टीका तर्फबाट आफू कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी हुने पनि जानकारी दिए ।
देउवाले मंगलबार हाल प्रतिपक्षमा रहेका सबै दलहरुलाई छलफलका लागि बूढानिलकण्ठ बोलाएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : ०० बजे

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले