एमाले उपाध्यक्ष बादलपुत्र प्रतीक पुर्पक्षका लागि थुनामा « Khabarhub

एमाले उपाध्यक्ष बादलपुत्र प्रतीक पुर्पक्षका लागि थुनामा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश आएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउने आदेश दिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि लागेको थियो ।

थापालाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको थियो। यी अभियोग जोड्दा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले २४ वर्ष कैद दाबी गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका बादल पुत्र उनी नक्कली शरणार्थी प्रकरणमा फरार सूचीमा थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । उनी १४ असारमा बौद्धबाट समातिएका हुन् । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए ।

प्रहरीले यसअघि बादल गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। उनी उक्त प्रकरणमा हाल थुनामा रहेका छन् ।

राईले नै अनुसन्धानका क्रममा प्रतीकको नाम लिएका थिए। तर त्यसबेला प्रतीकले विज्ञप्ति निकालेर आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रतीकको पनि संलग्नता देखिए थियो  । तर त्यसपछि उनी निरन्तर फरार थिए ।

‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेकाे खुलेको थियो ।

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी  तथा उनका छोरा सन्दीप रायमाझी जेल पुगेका थिए ।

जसमध्ये सन्दीप र पूर्वगृहमन्त्री खाँण छुटेका छन् । रायमाझी, राई र पाण्डे अझै पनि थुनामै छन् । जिल्ला र उच्च दुवै अदालतले उनीहरूलाई थुनामै राख्ने आदेश दिएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : ०३ बजे

सुकुम्बासी बस्तीमा किताब खोजिरहेकी ईश्वरी भन्छिन्- मलाई बालेन सरकार मन परेन

काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी १५ वर्षकी ईश्वरी राई

बालेनलाई रविको सन्देश : जनताको विश्वास जित्न सके सरकार सञ्चालन सहज र प्रभावकारी हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको विश्वास जित्न

डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता

काठमाडौं– नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको