विपक्षी नेतासँग देउवाले मागे सहयोग, नयाँ समीकरणमा मिसिन आग्रह « Khabarhub

विपक्षी नेतासँग देउवाले मागे सहयोग, नयाँ समीकरणमा मिसिन आग्रह


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेताहरूबीचको बैठक सकिएको छ ।
मंगलबार साँझ बसेको बैठकमा देउवाले सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिबारेमा नेताहरूलाई ब्रिफिङ गरेका छन् ।

उक्त बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला सहभागी थिए ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला पनि थिए ।

बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेकाले साथ दिन आग्रह गरे ।

जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो दल संविधान संशोधनको पक्षमा रहेको भन्दै साथ दिने बताएको दाबी स्रोतले गरेको छ । मधेशवादी दलका नेताले पनि साथ दिने आश्वासन दिएको स्रोतले उल्लेख गरेको छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : २५ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख