‘नम्बरी सुन’ साउन २५ मै प्रदर्शनमा आउने | Khabarhub Khabarhub

‘नम्बरी सुन’ साउन २५ मै प्रदर्शनमा आउने


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन अघि सरेको छ । भदौ १ गते प्रदर्शन मिति तोकिएको फिल्म साउन २५ नै हलमा लाग्ने भएको छ ।

निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन नयाँ सार्वजनिक मिति तोकेको हो ।

निर्माण पक्षले के कारणले प्रदर्शन मिति हेरफेर गरिएको हो खुलाएको छैन । यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ लयायतको समेत अभिनय रहेको छ ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको यस फिल्मका पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्मााण भएको फिल्मको सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर फिल्म निर्माण गरेका हुन् ।

फिल्मका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : २९ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’