पोल्याण्डका प्रधानमन्त्रीको प्रस्ताव- ‘यूरोपको सुरक्षा नेतृत्व जर्मनीले गरोस्‌’ « Khabarhub

पोल्याण्डका प्रधानमन्त्रीको प्रस्ताव- ‘यूरोपको सुरक्षा नेतृत्व जर्मनीले गरोस्‌’


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जर्मनीले युरोपेली सुरक्षाको नेता बन्नुपर्ने बताएका छन्‌ । यो प्रायः अत्यधिक तनावपूर्ण सम्बन्धमा रहेका दुई मुलुकबीच सम्बन्ध सुधारको सङ्केत हो ।

युरोपेली सङ्घ (ईयू) का पूर्वप्रमुख टस्क गत वर्ष पोल्यान्डमा लोकप्रिय कानून र अन्य पार्टीको नेतृत्वमा रहेको सरकारलाई प्रतिस्थापन गर्दै सत्तामा आएका थिए । उनको विशेषता भनेको जर्मनीविरुद्ध बयानबाजी गर्नु थियो ।

“पोल्यान्डसहित युरोपको साझा सुरक्षाका लागि जर्मनी नेता हुनेछैन भन्ने म कल्पना गर्न सक्दिनँ”, टस्कले जर्मन चान्सलर ओलाफ सोल्ससँगको पत्रकार सम्मेलनमा भने । बैठकमा पोल्याण्ड र जर्मन सरकारबीच ६ वर्षमा पहिलो वार्ता भएको थियो ।

“संयुक्त र प्रभावकारीरूपमा युरोप सुरक्षित छ भनेर सुनिश्चित गर्नुपर्छ । यसको ठ्याक्कै मतलब यो हो कि हामी (पोल्यान्ड र जर्मनी) नाटोको ढाँचाभित्र र इयुको पूर्वी भागको संरक्षणमा बाल्टिक क्षेत्रमा अग्रणी भूमिका लिन चाहन्छौँ”, उनले भने ।

दुई नेताले रक्षा सहयोगका साथै बेलारुससँगको पोल्यान्डको पूर्वी सिमानामा समस्या बनेको अवैध आप्रवासीलाई रोक्ने विषयमा छलफल गरेका छन्‌ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : ५३ बजे

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज

नेपाल संवत् मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सम्वत नेपाली सभ्यताको मौलिकता,

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन

नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, भोटेकोशी विपदबारे विश्वको ध्यानाकर्षण

अन्ताल्या– टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको