मनसुन अलर्ट : आज राति केही प्रदेशमा भारी वर्षा सम्भावना | Khabarhub Khabarhub

मनसुन अलर्ट : आज राति केही प्रदेशमा भारी वर्षा सम्भावना


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागम मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । साथै, सबै प्रदेशका थोरै स्थानमा भारी वषाको पूर्वानुमान गरिएको छ । आज दिनभर काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षा हुनेछ ।

महाशाखाका अनुसार काठमाडौँमा ३२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी जनकपुरमा एक सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै धनगढीमा ९७, पोखरामा ९३ र भैरहवामा ८८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ५७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास