भारतमा ग्रामीण भेगका जनालाई डिजिटल साक्षरता प्रदान « Khabarhub

भारतमा ग्रामीण भेगका जनालाई डिजिटल साक्षरता प्रदान


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– भारतमा ग्रामीण भेगका ६ करोड ३९ लाख जनतालाई डिजिटल साक्षरता प्रदान गरिएको छ । भारतका विद्युतीय सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले ग्रामीण भेगका ६ करोड ३९ लाख जनालाई तालिम दिइएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ग्रामीण डिजिटल साक्षरता अभियानअन्तर्गत ७ करोड ३५ लाख जनालाई भर्ना गरिएको र तीमध्ये ६ करोड ३९ लाखलाई तालिम प्रदान गरिएको उनले जानकारी दिए । तीमध्ये ४ करोड ७८ लाख जनालाई प्रमाणपत्र समेत दिइसकिएको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार डिजिटल साक्षरता अभियानमा सहभागी हुनेलाई २० घण्टाको कोर्स दिइएको छ । 

अभियानमा सहभागीले डिजिटल उपकरणको प्रयोग, इन्टरनेट इन्टरनेटका माध्यमबाट सूचना आदान प्रदान एवम् डिजिटल कारोबारका बारेमा जानकारी प्राप्त गरेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ५३ बजे

हाइटीमा ग्याङ आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

रोयटर्स – हाइटीको प्रमुख अन्न भण्डार मानिने आर्टिबोनिट क्षेत्रको पेटिट–रिभिएर

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थङ्कर भगवान् महावीरको

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका

चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक

काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर