हेटौँडा उपमहानगरमा न्यायिक समितिद्वारा एक सय ८३ मुद्दा फर्स्योट « Khabarhub

हेटौँडा उपमहानगरमा न्यायिक समितिद्वारा एक सय ८३ मुद्दा फर्स्योट


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०-८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ ।

उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले उक्त आवमा नयाँ दर्ता भएका दुई सय ५२ र अघिल्लो आवबाट सरेर आएका ८० गरी तीन सय ३२ मुद्दामध्ये एक सय ८३  टुंगो लगाएको हो । दर्ता भएकामध्ये ३९ वटालाई निरुपणका लागि अदालत जान सिफारिस भएको छभने २७ वटा समितिमा विचाराधीन छन् ।

स्थानीय तहका मुद्दा स्थानीय निकायमा  मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।

 उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई मानाचामल, सम्बन्धविच्छेद, जग्गा विवाद, घरभाडा, गाईभैँसीले बालीनाली नोक्सानी गरेकोलगायत विवाद समाधान गर्ने अधिकार छ । 

समितिमा जग्गा विवाद, घर निर्माण खिचलो, लेनदेन, बाली नोक्सानी, घरभाडा, मजदुरको ज्यालालगायत विषयमा बढी उजुरी परेका उपप्रमुख बानियाँले बताए।  आव २०७९-८० मा समितिले एक सय २७ वटा उजुरीमा मिलापत्र गराएको थियो । 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : ०३ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा