पर्सामा तीन वर्षयता घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो « Khabarhub

पर्सामा तीन वर्षयता घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सामा विगत तीन वर्षयता घरेलु  तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ। 

गत आर्थिक वर्षमा आठ सय ९७  घरेलु तथा साना उद्योग नयाँ थपिएका छन् । जबकि  आव २०७९-८० मा भने यहाँ एक हजार ८९ वटा उद्योग दर्ता भएका थिए । त्यस्तै, आव २०७८-७९ मा भने एक हजार चार सय ८८ वटा उद्योग दर्ता भएका थिए । 

 घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले अघिल्लो आवको तुलनामा चालु आवमा नयाँ उद्योग दर्ता हुनेको सङ्ख्यामा केही कमी आएको बताए।

‘गत आर्थिक वर्षमा बैंकमा तरलता धेरै बढ्यो तर कुनै पनि उद्योगीरव्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा भने लिन सकिरहेका छैनन् । जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो,’ उनले भने, ‘समग्र मुलुकभरिकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा पनि धेरै उद्योग थपिएका छैनन् ।’

आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा नयाँ उद्योग दर्ता सङ्ख्या एक सय ९२ वटाले घटेको देखिन्छ । कार्यालयका अनुसार गत आवमा उत्पादनमूलक र कृषि तथा वन अन्य उद्योगतर्फ  छुट्टाछुटै एक सय ७९ नयाँ उद्योग दर्ता भएका छन् । 

त्यस्तै, निर्माणतर्फ एक सय एक एक नयाँ उद्योग दर्ता भएका छन् । पर्यटनतर्फ ८०, सेवातर्फ तीन सय ५८ वटा नयाँ उद्योग थपिएका छन् । गत आवमा ऊर्जामुलुक, सूचना तथा सञ्चार र खनिजतर्फ भने कुनै पनि उद्योग दर्ता भएनन् । 

गत आवमा दर्ता भएका सबै खालका उद्योगको चालु पुँजी भने एक अर्ब पाँच पाँच करोड ९८ लाख  सात हजार चार सय ५४ रहेको छ । गत आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार चार सय ५५ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ ।

कार्यालयका अनुसार गत आवमा वाणिज्य प्रशासनतर्फ भने पाँच सय ११ वटा नयाँ पसल दर्ता भएका छन् । विसं २०८० असोज २५ गतेदेखि वाणिज्य प्रशासनतर्फ दर्ता हुने पसलहरु पनि अहिले घरेलु तथा साना उद्योगमा दर्ता हुने व्यवस्था अनुसार ती  थपिएका हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : २८ बजे

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई