भारतमा बाढीका कारण १३ जनाको मृत्यु « Khabarhub

भारतमा बाढीका कारण १३ जनाको मृत्यु


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

देहरादून– भारतमा बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले शुक्रबार देहरादून क्षेत्रमा बाढीमा फसेका सयौँ तीर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् ।

अस्वाभाविक जलवायु परिवर्तनले मनसुनको समयमा विपद्का घटनाहरू बढाइरहेको विज्ञहरूले बताएका छन् ।

बाढीका कारण उत्तरी राज्य उत्तराखण्डमा समाचार तयार पार्दासम्म १३ जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारी विनोद कुमार सुमनले बताएका छन् ।

हिन्दू धर्मावलम्बिहरुको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तीर्थयात्रीहरू बाढीबाट प्रभावित भएपछि हेलिकप्टरबाट उद्धार गरिएको  स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रभावित तीर्थयात्रीहरूलाई सुरक्षित यात्रा गर्नका लागि हेलिकप्टरहरू प्रयोग गरिरहेको सुमनले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १ : २३ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली