राष्ट्रपति पौडेलद्वारा तीन जना राज्यमन्त्री नियुक्त | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा तीन जना राज्यमन्त्री नियुक्त


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । सरकारको सिफारिसका आधारमा उनले शुक्रबार नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदहरूलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शीतलनिवासका अनुसार राष्ट्रपतिबाट कांग्रेस सांसद पूर्णबहादुर तामाङ र रुपा विक तथा उन्मुक्तिका तर्फबाट सांसद अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिले तामाङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, विकलाई वन तथा वातावरण र चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको १९ औं दिनमा रिक्त रहेको राज्यमन्त्रीको कोटालाई पूर्णता दिइएको छ ।

ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नियुक्तिलगतै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । संविधानतः अब तीन जना राज्यमन्त्रीको मात्र कोटा खाली थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १ : ४५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’