राष्ट्रपति पौडेलद्वारा तीन जना राज्यमन्त्री नियुक्त « Khabarhub

राष्ट्रपति पौडेलद्वारा तीन जना राज्यमन्त्री नियुक्त


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । सरकारको सिफारिसका आधारमा उनले शुक्रबार नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदहरूलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शीतलनिवासका अनुसार राष्ट्रपतिबाट कांग्रेस सांसद पूर्णबहादुर तामाङ र रुपा विक तथा उन्मुक्तिका तर्फबाट सांसद अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिले तामाङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, विकलाई वन तथा वातावरण र चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको १९ औं दिनमा रिक्त रहेको राज्यमन्त्रीको कोटालाई पूर्णता दिइएको छ ।

ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नियुक्तिलगतै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । संविधानतः अब तीन जना राज्यमन्त्रीको मात्र कोटा खाली थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १ : ४५ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि