अरुण चौधरीलाई चिट्ठा: विद्याबाट माफी, रामचन्द्रबाट राज्यमन्त्री ! « Khabarhub

राजनीति

अरुण चौधरीलाई चिट्ठा: विद्याबाट माफी, रामचन्द्रबाट राज्यमन्त्री !


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


28k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीबाट आममाफी पाएका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीमा आवद्ध सांसद चौधरीलाई राष्ट्रपति पौडेलले शुक्रबार सरकारको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवनियुक्त राज्यमन्त्री चौधरीले ०७९ फागुन ७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रजातन्त्र दिवसको उपलक्ष्यमा आममाफी पाएका थिए ।

तत्कालीन समयमा उनी १७ दिनदेखि कैलाली कारागारमा बन्दी जीवन बिताइरहेका थिए । चौधरीलाई अदालतले कैलालीकै लम्की–चुहा क्षेत्रमा २०६६ मा भएको ट्रयाक्टर आगजनीको घटनामा दोषी प्रमाणित गरेको थियो ।

थरुहट आन्दोलन क्रममा आह्वान गरिएको बन्द अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा आन्दोलनकारी समूहले लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको थियो । कैलाली जिल्ला अदालतले घटना भएको तीन वर्षपछि २०७० वैशाख ९ गते सांसद चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।

६ महिना कैद भुक्तान नगरेको भन्दै सांसद चौधरीलाई प्रहरीले २०७९ माघ १९ मा बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको थियो । उनीविरुद्ध नेकपा (एमाले) का नेता महादेव बजगाईंले २०६७ भदौ २ गते ट्रयाक्टर जलाइएको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेका थिए ।

आगजनी भएको ट्रयाक्टरका मालिक बजगाईंसँग चौधरी २०७४ मा लम्कीचुहा नगरपालिकाको मेयर पदमा निर्वाचन लडेका थिए । उनी स्थानीय तह निर्वाचन लड्नु अगावै अदालतबाट दोषी ठहर भइसकेका थिए ।

तर, बजगाईंले तत्कालीन समयमा आफूविरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिँदा पनि अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने भन्दै केही ‘एक्सन’ लिएका थिएनन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि नेपालगञ्जबाट पक्राउ पर्दा चौधरीले ‘पहिले कुनै मतलब नगरेको र अहिले पदमा पुगेपछि मात्र खोजीनीति सुरु भएको देख्दा अचम्म लागेको’ प्रतिक्रिया दिएका थिए ।

मेयरमा चुनाव लड्नेदेखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर जित्ने बेलासम्म प्रहरी र कसैले कुनै वास्ता नगरेको चौधरीको भनाइ थियो ।
२०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली–२ बाट २१ हजार ८७१ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिष्पर्धी एमाले उम्मेदवार झपटबहादुर रावलले १६ हजार १२८ मत ल्याएका थिए ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भगतबहादुर बडुवाल १५ हजार ११६ मतका साथ तेस्रो भएका थिए ।

लम्की–चुहा नगरपालिकाको मेयरका लागि प्रतिष्पर्धामा उत्रिएका चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा भने तेस्रो भएका थिए । तत्कालीन समयमा उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का तर्फबाट उम्मेदवार थिए ।

थरुहट आन्दोलनका क्रममा जलाइएको ट्रयाक्टरका मालिक बजगाईं ७ हजार १८८ मतसहित लम्की–चुहा नगरपालिकाको मेयरमा विजयी हुँदा तेस्रो भएका चौधरीले ६ हजार २२२ मत पाएका थिए । दोस्रो भएका कांग्रेस उम्मेदवार भक्तबहादुर थापाले ६ हजार ५२१ मत ल्याएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ३ : ०८ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष