अर्थमन्त्रीको तर्क- जनता सम्पन्न नभए बजारमा आएका राम्रा किताब किनेर पढ्न सक्दैनन् « Khabarhub

अर्थमन्त्रीको तर्क- जनता सम्पन्न नभए बजारमा आएका राम्रा किताब किनेर पढ्न सक्दैनन्

राजनीतिक स्थायित्व भए आर्थिक समृद्धि आउने दाबी


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश निर्माणको लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

किताब जात्राको छैटौँ संस्करणको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सबैले आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए । ‘आज नेपालीको साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो’ पौडेलले भने ।

मुलुकमा राजनीतिक स्थायित्व र स्थिरता, आर्थिक, सामाजिक रूपान्तरण र विकासका लागि सहकार्य आवश्यक रहेको पौडेलले बताए ।

संघर्षबाट व्यवस्था परिवर्तन गरी नयाँ लोकतन्त्रात्मक गणतान्त्रिक व्यवस्था र उत्कृष्ट संविधान ल्याइएको बताउँदै उनले अब त्यसको व्यवहारिक कार्यान्वयन सर्वाधिक महत्वको विषय भएको प्रष्ट पारे ।

‘हरेक नेपालीका निमित्त यो सर्वाधिक महत्वको प्रश्न हो’, उनले अगाडि भनेका छन् ।

राजनीतिक स्थायित्व काम नहुँदासम्म देशलाई सम्पन्न बनाउन नसकिने उनको धारणा छ ।

‘जबसम्म राजनीतिक स्थायित्व कायम हुन सक्दैन, जबसम्म आर्थिक क्रान्ति हुन सक्दैन, देशलाई सम्पन्न बनाउन सक्दैनौँ, प्रत्येक नेपालीलाई सम्पन्न बनाउन सक्दैनौँ, तबसम्म संविधानमा लेखिएका अधिकार जनताले उपभोग गर्न पाउँदैनन्’, उनले थपे, ‘जबसम्म जनता सम्पन्न हुन सक्दैनन् तबसम्म राम्रा किताबहरू बजारमा आए भने पनि किन्न सक्दैनन्, पढ्न सक्दैनन् ।’

उनले समाजका हरेक मानिसलाई समृद्धि चाहिएको बताएका छन् । ‘अहिले नेपाल सरकोको सर्वाधिक सरोकारको विषय के छ भने राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रूपान्तरण, विकास र समृद्धि’, उनले भने ।

समाजमा शिक्षा र चेतनाको स्तर उकास्न आयोजना हुने यस्ता कार्यक्रमलाई सरकारले सधैँ साथ दिने उनले प्रतिबद्धता जनाए ।

‘समाजको ज्ञान, चेतना, विवेक र एकताको सर्वोपरि रूपमा विकास गर्ने प्रयासका लागि आयोजकप्रति मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु’, उनले अगाडि भने ।

पौडेलले किताब माथि कर लगाउँदा विवेक र ज्ञानमाथि नै कर लगाउनु जस्तो हुने बताए । त्यसैले आफूले किताबमा लगाएको करलाई फिर्ता लिने निर्णय लिएको पौडेलले सुनाए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ४५ बजे

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

काठमाडौं– नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट