जापानको इतिहासमै जुलाईमा अधिकतम तापक्रम मापन | Khabarhub Khabarhub

जापानको इतिहासमै जुलाईमा अधिकतम तापक्रम मापन


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा १२६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको  मौसम विभागले जनाएको छ ।

गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१ डिग्री सेल्सियस बढी तापक्रमको रेकर्ड तोड्दै यस वर्ष देशको तापक्रम औसतभन्दा २.१६ डिग्री सेल्सियसले बढेको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले बिहीबार राष्ट्रव्यापी रूपमा तथ्याङ्क उल्लेखनीय रूपमा उच्च भएको उल्लेख गर्दै भनेको छ, ‘सन् १८९८  मा तथ्याङ्क सुरु भएदेखि मापन भएको यो सबैभन्दा उच्च तापक्रम हो ।’

जापानभरिका १५३ मौसम अवलोकन समीक्षामध्ये ६२ ले जुलाईमा आफ्नो औसत तापक्रमको रेकर्ड तोडेको हो । प्रशान्त महासागरको उच्च चाप र दक्षिणबाट आएको न्यानो हावा तापक्रम वृद्धि गर्ने मुख्य कारक रहेको जेएमएले बताएको छ ।

विपद् व्यवस्थापन एजेन्सीका अनुसार अप्रिलदेखि जापानमा अत्यधिक तापक्रमका कारण आउने स्वास्थ्य समस्या (हिटस्ट्रोक) का कारण ५९ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले ‘अत्यन्त तातो’ ठानेको ३५ डिग्री तापक्रमको रेकर्डलाई ब्रेक गर्दै गत महिना  टोकियोको पश्चिम सिजुओका यस वर्ष ४० डिग्री सेल्सियस तापक्रम पुग्ने पहिलो जापानी क्षेत्र बनेको छ ।

यसैबीच, युरोपेली सङ्घको जलवायु अनुगमनले इतिहासमै पृथ्वीमा रेकर्ड गरिएको सबैभन्दा तातो दिनहरू जुलाईमा अनुभव भएको बताएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : २४ बजे

थिमीको कुभिण्डे जात्रा सम्पन्न

भक्तपुर – दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न

बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस

कामाडौँ – पाकिस्तानका पूर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति