मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु | Khabarhub Khabarhub

मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.6k
Shares
  • change font
  • change font
  • change font

चितवन – मौलाकाली केबलकारको निर्माणाधीन भवनको चार तलाबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीस्थित गैंडाकोट नगरपालिका-१ मौलाकालिका मन्दिरस्थित मौलकाली केबलकारको चार तला माथिबाट खसेर मजदुरका रुपमा कार्यरत गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार राति चार तला माथिबाट खसेर बाराको जितपुर उपमहानगरपालिका–२० निवासी २२ वर्षीय पटेलको ज्यान गएको हो ।

प्रहरीका अनुसार राति बिहीबार मृत्यु भए पनि खबर बिहान मात्रै आइपुगेको थियो । मौलाकाली केबलकार प्रालिको टप स्टेशनस्थित निर्माणाधीन भवनमा उनी मजदुरका रुपमा कार्यरत थिए ।

कुर्मीको शव पोस्टमार्टमका लागि अहिले भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : २८ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड