मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु « Khabarhub

मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.6k
Shares
  • change font
  • change font
  • change font

चितवन – मौलाकाली केबलकारको निर्माणाधीन भवनको चार तलाबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीस्थित गैंडाकोट नगरपालिका-१ मौलाकालिका मन्दिरस्थित मौलकाली केबलकारको चार तला माथिबाट खसेर मजदुरका रुपमा कार्यरत गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार राति चार तला माथिबाट खसेर बाराको जितपुर उपमहानगरपालिका–२० निवासी २२ वर्षीय पटेलको ज्यान गएको हो ।

प्रहरीका अनुसार राति बिहीबार मृत्यु भए पनि खबर बिहान मात्रै आइपुगेको थियो । मौलाकाली केबलकार प्रालिको टप स्टेशनस्थित निर्माणाधीन भवनमा उनी मजदुरका रुपमा कार्यरत थिए ।

कुर्मीको शव पोस्टमार्टमका लागि अहिले भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : २८ बजे

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई