पोखरा उडेको बुद्धको जहाजलाई समस्या आएपछि काठमाडौं फर्काइयो « Khabarhub

पोखरा उडेको बुद्धको जहाजलाई समस्या आएपछि काठमाडौं फर्काइयो


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंबाट पोखरा विमानस्थलका लागि शुक्रबार उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्या आएपछि पाइलटले काठमाडौंमै ल्याएर अवतरण गराएका छन् ।

बुद्ध एयरले नै शुक्रबार यो खबरको पुष्टि गर्दै सामाजिक सञ्जालमा विवरण दिएको छ । कम्पनीका अनुसार उडान नम्बर ६५५ जहाजमा प्राविधिक समस्या आएको हो ।

लगत्तै काठमाडौँ फर्काउने निर्णय गरिएको थियो । उक्त जहाज त्रिभुवन विमानस्थल छाड्नेबित्तिकै उपत्यकाबाट नबाहिरिई काठमाडौंकै आकाशमा तीन फन्का लगाएर घुमेको थियो ।

पोखरा उडेको जहाज प्राविधिक समस्याले काठमाडौं अवतरण गरेपछि अहिले मर्मतको काम भइरहेको छ ।

कम्पनीले अर्को जहाजमार्फत यात्रुलाई पोखरा विमानस्थलमा अवतरण गराएको छ । उता शक्रबार नै तीव्र गतिको हावाका कारण जनकपुरको उडान रद्द गर्नुपरेको बुद्धले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ०४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले