मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्छः मन्त्री खड्का « Khabarhub

मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्छः मन्त्री खड्का


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खड्काले सरकार सञ्चालनको दायित्वसँगै जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्ने बताए ।

“मुलुकको आर्थिक विकास ऊर्जा र सिँचाइ क्षेत्रबाट सम्भव छ, त्यसको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ,” उनले भने। जिम्मेवारी हेरफेर हुँदैमा कर्मचारीले कुनै चिन्ता लिनुपर्ने कारण नभएको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर स्थायी सरकार बनेकाले अव जनताले परिवर्तन भएको अनुभूती लिनेगरी काम गर्नुपर्ने उल्लेख गरे । उनले मुलुकको आवश्यकतालाई विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताए।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले वर्षायाम सुरु भएकाले देशैभर बाढी र पहिरो जाने भएकाले त्यसको अध्ययन आवश्यक रहेको उल्लेख गरे ।

“हामी मुलुक कसरी बनाउन सकिन्छ, त्यसतर्फ लागौँ, ऊर्जा र सिँचाइ क्षेत्रको विकास नै हाम्रो मुख्य प्राथमिकता हो,” उनले भने। जनतालाई बचाउन सकेमात्र देश बच्ने उनको भनाइ थियो ।

मन्त्रालयका सचिवद्वय गोपालप्रसाद सिग्देल र सरिता दवाडीले मुलुकलाई समृद्ध हासिल गर्ने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ४९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय