सिमकोट गाउँपालिकामा ६८ लाख आन्तरिक राजस्व सङ्कलन « Khabarhub

सिमकोट गाउँपालिकामा ६८ लाख आन्तरिक राजस्व सङ्कलन


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु ६८ लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गत आवमा रु ८० लाख राजस्व उठाउने लक्ष्य भए पनि रु ६८ लाख मात्रै सङ्कलन भएको जानकारी दिए।

यहाँ आव २०७९/८० मा रु ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा करिब रु ४३ लाखसम्म मात्रै सङ्कलन भएको थियो । दुई वर्षयता उठेको आन्तरिक राजस्व रकमबाट गाउँपालिकाको जग्गा खरिद र भवन निर्माण गर्ने योजनाअनुसार भवन निर्माणका लागि रु एक करोड छुट्याइएको उनले बताए ।

घरबहाल कर, पसल व्यवसाय, विभिन्न फर्म दर्ता, नवीरकण, वडाका सम्पूर्ण सिफारिसलगायतबाट राजस्व उठेको र चालु आवमा थप राजस्व वृद्धि गर्न चुहावट भएका क्षेत्र पहिचान गरी कडाइका साथ काम गर्ने जनाएको छ ।

यस्तै पालिकामा आर्थिक २०७९/८० भन्दा २०८०/८१ मा कम बजेट फ्रिज भएको छ । आर्थिक २०७९/८० मा रु चार करोड बढी बजेट फ्रिज भएकामा गत आवमा झण्डै साढे दुई करोड बजेट फ्रिज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ५२ बजे

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा