यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही « Khabarhub

यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो ।

आज मात्रै उपत्यकाको सातदोबाटोमा गरिएको सवारीसाधन विशेष जाँचका क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने ४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ६८ वटा सवारीसाधन जाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत यान्त्रिक अवस्था ठीक नभएका ४२ वटा सवारीसाधन फेला पारेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए।

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका एक जना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख १५५३ नम्बरका बस चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब जाँच गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी चालकले नशालु पदार्थसेवन गरेरनगरेको जाँच गर्दै आएको छ ।

केही दिनअघि मात्रै काठमाडौँको कुलेश्वरमा लागुपदार्थ सेवन गरेर गाडी चलाउँदा सोही गाडीको ठक्करबाट विपरीत दिशाबाट सडकपेटीमा हिँडिरहेका तीन यात्रु घाइते भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : १२ बजे

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

सिटीले उचाल्यो काराबाओ कपको उपाधि

काठमाडौँ – म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ ।

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

गण्डकी– सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९

अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

काठमाडौँ– नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक