एकदिवसीय श्रृङ्खला : भारत र श्रीलंकाको रोमाञ्चक बराबरी « Khabarhub

एकदिवसीय श्रृङ्खला : भारत र श्रीलंकाको रोमाञ्चक बराबरी


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा सकिएको छ । शुक्रबारबाट सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको हो ।

भारतका लागि रोहित शर्माले सर्वाधिक ५८ रनको बनाए । त्यस्तै अक्षर पटेलले ३३ ,केएल राहुल ३१ , शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए । श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरित असालान्काले तीन/तीन विकेट लिए ।

त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो । श्रीलंकाका लागि दुनिथ वेल्लागेले सर्वाधिक ६६ रनको योगदान गरे । ६५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै पाथुम निसान्काले ५६ रन जोडे । वानिन्दु हसरंगाले २४ रन जोडे । बलिङतर्फ भारत अक्षर पटेल र अर्सदिप सिंले २/२ विकेट लिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : ५९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु