पहिलो किस्ताको पाँच अर्ब बुझाएर एनसेलको अनुमतिपत्र नवीकरण « Khabarhub

पहिलो किस्ताको पाँच अर्ब बुझाएर एनसेलको अनुमतिपत्र नवीकरण


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो पाँच वर्षको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गरेको छ ।

गत भदौ १३ गते मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार एनसेलले नवीकरण शुल्कबापत लाग्ने पहिलो किस्ता ५ अर्ब रुपैयाँ बुझाएर अनुमतिपत्र नवीकरण गरेको हो ।

‘एनसेलले मन्त्रिपरिषद्को‍ निर्णयअनुसार पहिलो किस्ताबापत लाग्ने रकम बुझाएर सेवा सञ्चालन अनुमतिपत्रको नवीकरण गरेको छ’, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले खबरहबसँग भने, ‘बाँकी ३ किस्ता १० प्रतिशत ब्याजसहित बुझाउन सक्नेगरी नवीकरण भएको छ ।’

दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावलीको व्यवस्थाअनुसार अनुमतिपत्रको म्याद सकिन ३ महिनाअगाडि अर्थात् गत जेठ १५ गतेभित्रै २० अर्ब बढी रकम बुझाएर अनुमतिपत्रको नवीकरण गर्नुपर्नेमा एनसेलले किस्ता सुविधा मागे थियो । त्यहीकारण एनसेलको नवीकरण अड्किएको थियो ।

सरकारले भदौ १३ गतेको मन्त्रिपरिषद्को बैठकबाट एनसेललाई ४ किस्तामा नवीकरण शुल्क बुझाउन सक्नेगरी निर्णय गरेको थियो । सरकारको त्यही निर्णयअनुसार एनसेलले पहिलो किस्ता बापत लाग्ने ५ अर्ब रुपैयाँ बुझाएर आइतबार मात्रै अनुमतिपत्र नवीकरण गरेको हो ।

एनसेलले गत जेठ १४ गते नै नेपाल दूरसञ्चार प्राधिकरणलाई ४ अर्ब रूपैयाँ बुझाएर बाँकी रकमको लागि किस्ता सुविधा दिन माग गरेको थियो । तर, कानूनअनुसार प्राधिकरणले उक्त विषयमा निर्णय गर्नसक्ने व्यवस्था नभएका कारण निर्णय हुन सकेको थिएन ।

पछिल्लो सेवा सञ्चालन अनुमतिपत्रको नवीकरणसँगै एनसेलले आगामी पाँच वर्षसम्म अब सेवा सञ्चालन गर्न पाउने छ । त्यसपछि भने ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार एनसेल स्वतः सरकारको स्वामित्वमा आउने आउने व्यवस्था छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १२ : ०३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन