इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने « Khabarhub

इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट हुँदै आइरहेको सेवा प्रवाह पुनः इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रवाह गर्ने जानकारी दिए ।

‘इलाका प्रशासन कार्यालय सुपौलीको आफ्नै प्रशासनिक भवन निर्माण भएको र यसअघि इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको सेवा पनि भदौ २३ गतेदेखि पुन सञ्चालन हुनेछ’, उनले भने ।

सेवा प्रवाहका लागि यहाँ इलाका प्रशासन कार्यालय एक करोड पाँच लाख ९९ हजार रुपैयाँ लागतमा निर्माण गरिएको छ ।

यसअघि विसं २०७५ पुस ११ गतेदेखि सरकारले सुपौलीबाट सेवा प्रवाह गर्दै आएकामा विभिन्न कारणले केही समय सेवा स्थगित भएको थियो ।

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । यहाँका जनताले वीरगञ्ज जान २७ किलोमिटर यात्रा गर्नु परिरहेको छ ।

पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्ने बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ४ : ३९ बजे

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल कार्यालय

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

गलकोट– बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ ।