सडकमा देखिन थाले डरलाग्दा खाल्डा, चालक भन्छन्- सवारीसाधन जोगाएर चलाउनै मुस्किल « Khabarhub

सडकमा देखिन थाले डरलाग्दा खाल्डा, चालक भन्छन्- सवारीसाधन जोगाएर चलाउनै मुस्किल


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोलबजार– हुलाकी सडकअन्तर्गत सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजर क्षेत्रमा रहेको खडक पुलमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । पुलको ढलान उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । हुलाकी सडकको पक्की सडक बाटोमा तीव्र गतिमा आउने गाडीहरू अचानक पुलको खाल्डामा परी दुर्घटना हुने गरेको स्थानीय ब्रजेशकुमार यादवले बताए ।

पुलमा खाल्डा परेपछि सवारीसाधन जोगाएर चलाउनै मुस्किल भएको टेम्पु चालक रामध्यानी यादवले बताइन्। तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने गरेको यादवको गुनासो छ । पूर्व–पश्चिम राजमार्ग निर्माणाधीन रहेकाले चालकले हुलाकी सडक रोज्ने गर्छन् तर खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक मदनी साहले तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने भएकाले सतर्कता अपनाउन आग्रह गर्ने गरिएको बताइन् । खडक पुलमा दुर्घटना रोक्न अस्थायी ट्राफिक प्रहरी पोष्ट बोदेबरसाइनलाई परिचालन गरी ट्राफिक सचेतना कार्यक्रम गर्दै आइएको उनले जानकारी दिइन् ।

खाल्डा पुर्ने नियामक निकाय हुलाकी सडक योजना कार्यालय इटहरीले चासो नदिँदा विगत एक वर्षदेखि जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद चौधरीको गुनासो छ । पटक पटक सरोकार भएकाहरूको ध्यानाकर्षण गरिए पनि समस्या समाधान नभएको उनले बताए ।

हुलाकी सडक योजना कार्यालय इटहरीका इन्जिनियर समपतलाल दासले पुल मर्मतका लागि छुट्टै बजेट नभएकाले समस्या समाधान गर्न नसकिएको बताए  ।

उनले स्रोत व्यवस्थापनका लागि पहल भइरहेकाले चाँडै पुल मर्मत गरिने प्रतिबद्धता व्यक्त गरे । खडक पुल ११ करोड ७३ लाख ९३ हजार रुपैयाँ (भ्याटसहित) मा इलाइट/सूर्या जेभीले विसं २०७९ असोज २७ गते पुल निर्माण सम्पन्न गरेको थियो । छोटो समयमै पुलमा खाल्डा परेपछि गुणस्तरीय काम नगरिएको भन्दै विरोध गरिरहेका छन् ।

स्थानीय विद्यानारायण यादवले हुलाकी गुणस्तरीय कार्य गराउन नसक्दा पुलमा खाल्डाखुल्डी पर्न थालेको आरोप लगाउनुहुँदै तत्काल मर्मत गर्न सरोकार भएका निकायलाई आग्रह गरे ।

‘यति चाँडै समस्या कसरी आयो भनेर आवश्यक छानबिन गरी हुलाकी सडक आयोजनाले तत्काल मर्मतका काम अगाडि बढाउनुपर्छ’, उनले भने ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ५ : ३४ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको