‘रावायण’को आइटम गीतमा पूर्वमिस नेपाल चण्डकको ‘ग्याल्मर लुक्स’ | Khabarhub Khabarhub

‘रावायण’को आइटम गीतमा पूर्वमिस नेपाल चण्डकको ‘ग्याल्मर लुक्स’


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २१ बाट प्रदर्शनमा आउने फिल्म ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ ।

उक्त गीतमा भारतीय सोनु कक्कर र समिर चौरासियाको स्वर रहेको छ । प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ । निर्माण पक्षका अनुसार यो गीतको रेकर्ड मुम्बईमा गरिएको हो ।

गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र पूर्वमिस नेपाल निकिता चण्डकको नृत्य छ । भिडियोमा निकितालाई ग्याल्मर लुक्समा प्रस्तुत गरिएको छ । यस गीतमा विक्रम स्वारको कोरियोग्राफी हेर्न सकिन्छ ।

यस फिल्मको शीर्ष भूमिकामा पल र पूजा शर्मा रहेका छन् । फिल्ममा पलले दोहोरो चरित्र निर्वाह गरेका छन् । फिल्ममा पल पूजा, प्रकाश, कैलाशसहित प्रियंका कार्की, प्रमोद अग्रहरी लगायतको अभिनय छ ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको यस फिल्मको निर्माता नायिका पूजा स्वयम् हुन् ।

फिल्ममा सुदर्शन थापाको निर्देशन र कथा रहेको छ भने शिवम अधिकारीको लेखन रहेको छ ।

हेर्नुहोस् भिडियोः
www.youtube.com/watch?v=tEA7e-F5wMs

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’