समाचार

सहकारी छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी

By खबरहब

September 02, 2024

काठमाडौं – सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय अवधि थप हुने भएको छ।

अध्ययन अनुसन्धान र सोधबुझको कार्यक्रम बाँकी रहेकाले समयावदी थप्नु परेको समितिको भनाइ छ। समितिका कार्यवधि यही २३ गते सकिँदैछ।

मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यवधि थप्ने प्रस्ताव पेश गर्ने भएका छन्।

समितिका एक सदस्यले खबरहबलाई भने, ‘भोलि प्रतिनिधिसभा बैठकमा समिति सभापतिले कार्यवधि थप सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ । कति दिन थपिने भन्ने कुरा भोलि नै निर्णय हुन्छ।’

समितिका ती सदस्यका अनुसार भदौ अन्तिमसम्मको समय अवधि थपिने बताइएको छ।