गाउँमा मलामी पाउनै मुस्किल, चार जनाले घाट पुर्‍याए शव « Khabarhub

गाउँमा मलामी पाउनै मुस्किल, चार जनाले घाट पुर्‍याए शव


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुलीमा एक महिलाको मृत्युपछि मलामीको अभाव हुँदा शव उठाउन समस्या भएको छ ।

सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा हुँदा शव उठ्न ढिलाइ भएको थियो ।

गाउँघरमा हारगुगार गरेपछि चार जना मलामी जम्मा भएका थिए । एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठाइएको थियो । तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको  हाे ।

रोजगारी खोज्दै विदेश जानेहरुको संख्या बढेसँगै गाउँ गाउँ रित्तिँदै गइरहेको हुँदा मलामी अभाव भएको स्थानीयले बताएका छन् । केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा टन्न मलामी हुने गरेको भएपनि पछिल्लो केही वर्ष यता मलामी पाउँनै मुस्किल हुन थालेको वडाध्यक्ष युवराज पहाडीले बताए

 

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ९ : ४७ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली