समाचार

गाउँमा मलामी पाउनै मुस्किल, चार जनाले घाट पुर्‍याए शव

By खबरहब

September 02, 2024

काठमाडौं – सिन्धुलीमा एक महिलाको मृत्युपछि मलामीको अभाव हुँदा शव उठाउन समस्या भएको छ ।

सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा हुँदा शव उठ्न ढिलाइ भएको थियो ।

गाउँघरमा हारगुगार गरेपछि चार जना मलामी जम्मा भएका थिए । एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठाइएको थियो । तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको  हाे ।

रोजगारी खोज्दै विदेश जानेहरुको संख्या बढेसँगै गाउँ गाउँ रित्तिँदै गइरहेको हुँदा मलामी अभाव भएको स्थानीयले बताएका छन् । केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा टन्न मलामी हुने गरेको भएपनि पछिल्लो केही वर्ष यता मलामी पाउँनै मुस्किल हुन थालेको वडाध्यक्ष युवराज पहाडीले बताए