इरानको मिसाइल आक्रमणपछि इजरायलको पक्षमा बोल्यो अमेरिका « Khabarhub

इरानको मिसाइल आक्रमणपछि इजरायलको पक्षमा बोल्यो अमेरिका


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – इरानको मिसाइल आक्रमपछि अमेरिका इजरायलको पक्षमा बोलेको छ। मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बैठक भएको थियो। उनीहरूले इजरायललाई सहयोग गर्न तयार रहेको जनाएका हुन्। मंगलबार नै ह्यारिसले प्रतिक्रिया व्यक्त गर्दै इरानी आक्रमणको निन्दा गरेकी छन्। इजरायलमा धेरै अमेरिकीको बसोबास छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायलसँगको सहकार्य गर्ने जनाइ सकेका छन्।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेभानले अमेरिका इजरायल डिफेन्स फोर्सले इरानी आक्रमण विफल पार्न संयुक्त प्रयास गर्ने जनाएका छन्।

इरानले आफैले बनाएको हाइपर सोनिक मिसाइल प्रयोग गरेको छ। यसअघि अप्रिल महिनामा पनि इरानले आक्रमण गरेको थियो। यस पटकको आक्रमण ठुलो रुपमा अगाडि बढेको छ।

पछिल्लो साता इजरायलले लेबनानमा लगातार आक्रमण गरेको थियो। साथै अमेरिकाले गरेको युद्ध विरामको प्रस्तावलाई पनि इजरायलले बेवास्ता गरेको थियो।

अमेरिकाले इजरायलमा रहेको आफ्ना नागरिकलाई खराब अवस्था भएका कारण सतर्क रहन भनिसकेको छ।

इरानले मध्यपूर्वमा मिसाइल आक्रमण गरेपछि यसले विश्व राजनीतिलाई अर्को मोड दिएको छ। फ्रान्स, जर्मनी, बेलायत र युरोपेली युनियनले पनि इरानले गरेको मिसाइल आक्रमणको निन्दा गरेका छन्। आक्रमणपछि बेन्जामिन नेतान्याहुले यस घटनाको नराम्रो फल इरानले पाउने भन्दै चेतावनी दिइसकेका छन्।

इरानले यसरी मिसाइल आक्रमण गर्नुका बाबजुद इजरायलले हिजबुल्लाहलाई निसाना बनाउँदै दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा ५५ जना मारिएका छन्।

यो पनि पढ्नुहोस्
इजरायलमा इरानको मिसाइल हमला सुरु

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ३६ बजे

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ