इरानको मिसाइल आक्रमणपछि इजरायलको पक्षमा बोल्यो अमेरिका « Khabarhub

इरानको मिसाइल आक्रमणपछि इजरायलको पक्षमा बोल्यो अमेरिका


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – इरानको मिसाइल आक्रमपछि अमेरिका इजरायलको पक्षमा बोलेको छ। मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बैठक भएको थियो। उनीहरूले इजरायललाई सहयोग गर्न तयार रहेको जनाएका हुन्। मंगलबार नै ह्यारिसले प्रतिक्रिया व्यक्त गर्दै इरानी आक्रमणको निन्दा गरेकी छन्। इजरायलमा धेरै अमेरिकीको बसोबास छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायलसँगको सहकार्य गर्ने जनाइ सकेका छन्।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेभानले अमेरिका इजरायल डिफेन्स फोर्सले इरानी आक्रमण विफल पार्न संयुक्त प्रयास गर्ने जनाएका छन्।

इरानले आफैले बनाएको हाइपर सोनिक मिसाइल प्रयोग गरेको छ। यसअघि अप्रिल महिनामा पनि इरानले आक्रमण गरेको थियो। यस पटकको आक्रमण ठुलो रुपमा अगाडि बढेको छ।

पछिल्लो साता इजरायलले लेबनानमा लगातार आक्रमण गरेको थियो। साथै अमेरिकाले गरेको युद्ध विरामको प्रस्तावलाई पनि इजरायलले बेवास्ता गरेको थियो।

अमेरिकाले इजरायलमा रहेको आफ्ना नागरिकलाई खराब अवस्था भएका कारण सतर्क रहन भनिसकेको छ।

इरानले मध्यपूर्वमा मिसाइल आक्रमण गरेपछि यसले विश्व राजनीतिलाई अर्को मोड दिएको छ। फ्रान्स, जर्मनी, बेलायत र युरोपेली युनियनले पनि इरानले गरेको मिसाइल आक्रमणको निन्दा गरेका छन्। आक्रमणपछि बेन्जामिन नेतान्याहुले यस घटनाको नराम्रो फल इरानले पाउने भन्दै चेतावनी दिइसकेका छन्।

इरानले यसरी मिसाइल आक्रमण गर्नुका बाबजुद इजरायलले हिजबुल्लाहलाई निसाना बनाउँदै दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा ५५ जना मारिएका छन्।

यो पनि पढ्नुहोस्
इजरायलमा इरानको मिसाइल हमला सुरु

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ३६ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका