इजरायलमा इरानको मिसाइल हमला सुरु | Khabarhub Khabarhub

इजरायलमा इरानको मिसाइल हमला सुरु


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानले इजरायलमा मिसाइल हमला थालेको छ । इजरायली सेना (आइडीएफ) ले नै इरानबाट आफ्नो भूमिमा मिसाइल आक्रमण भएको जनाएको हो ।

यतिखेर पूरै इजरायलमा साइरन बजाइएको छ । इजरायली सेनाले त्यहाँका नागरिकहरूलाई सचेत रहन र होम फ्रन्ट कमाण्डको निर्देशन पालना गर्न भनेको छ ।

सेनाले मानिसहरूलाई साइरन बजेको सुन्नासाथ सुरक्षित स्थानमा जान र नयाँ सूचना जारी नभएसम्म त्यहीँ बसिरहन पनि आग्रह गरेको छ । साथै, मिसाइललाई आकाशमै नष्ट गर्ने प्रयासमा आफूहरू लागेको पनि जनाएको छ ।

इरानले प्रहार गरेका मिसाइल यतिखेर इजरायलको आकाशमा देखिएका छन्‌ । जेरुसेलमस्थित बीबीसीको मध्यपूर्व ब्यूरोका पत्रकारहरूले पनि दुई मिसाइल खसालेको आवाज सुनिएको जनाएका छन्‌ ।

केही समयअघि इजरायलको ठूलो शहर तेलअभिभमा गोलाबारीको आवाज सुनिएको थियो । स्थानीय प्रहरी अधिकारीहरूले सो घटनामा कयौँ मानिस हताहत भएको जनाएका थिए ।

यतिखेर इजरायलले इरानसमर्थित लडाकु समूह हमास, हिज्बुल्लाह र हुथीविरुद्ध आक्रमण गरिरहेको छ ।

यसअघि अमेरिकी गुप्तचर निकायले इजरायलमा जतिसुकै बेला ईरानले मिसाइल हमला गर्नसक्ने सूचना आफूले पाएको जनाएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : २१ बजे

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल