ट्रेन्डिङ १ मा ‘१२ गाउँ’को ट्रेलर, समीरतिर दर्शकको नजर « Khabarhub

ट्रेन्डिङ १ मा ‘१२ गाउँ’को ट्रेलर, समीरतिर दर्शकको नजर


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता विराज भट्टको फिल्म ‘१२ गाउँ’ २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ । मंगलबार सार्वजनिक ट्रेलरमा केही घण्टामै सो फिल्म युट्युबको ट्रेन्डिङमा परेको थियो ।

आगमी फूलपाती अर्थात् असोज २४ बाट प्रदर्शनमा आउने यस फिल्मबाट विराजका छोरा समीरले डेब्यू गर्दैछन् । त्यहीकारण फिल्मले चर्चा पाएको छ । फिल्मका सार्वजनिक प्रचार सामाग्रीलाई दर्शकले चासोसाथ लिएका छन् ।

यस फिल्मको ट्रेलर युट्युबको समग्र ट्रेन्डिङको सातौँ नम्बरमा छ । पछिल्लो समय कमै फिल्म मात्रै समग्र ट्रेन्डिङमा पर्ने गर्छन् ।

ट्रेलरमा एक्सनका दृश्यलाई प्राथमिकतासाथ देखाइएको छ । जसमा विराज र समीरको एक्सन देख्न सकिन्छ ।

समीरको सुगठित शरीरले दर्शकको ध्यान खिचेको छ । ट्रेलर हेरेर कतिपय दर्शकले ‘नेपाली फिल्मले नयाँ हिरो पाएको’ प्रतिक्रिया दिएका छन् ।

दीप धामीले कमेन्टमा लेखेका छन्, ‘हिरो भनेको समीर जस्तो हुनुपर्छ । सिक्स प्याक्स, हेन्डसम र सुपर एक्टिङ ।’

कतिपयले समीरको बुवाको फिल्मी विरातसत धान्ने अनुमान पनि लगाएका छन् । श्याम मगर लेख्छन्, ‘विराज भट्ट जस्तो कोही थिएन । अब छोराले स्थान लिनेभयो ।’

यस ट्रेलरले भ्युजसँगै राम्रो प्रतिक्रिया पनि पाएको छ । प्रतिक्रियाबाट थाहा हुन्छ– ट्रेलरले दर्शकको ध्यान तानेको छ । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रेलर दुईपटक भन्दा बढी हेरेको प्रतिक्रिया दिएका छन् ।

विशाल तामाङ लेख्छन्, ‘धेरै पटक हेरेँ तर मन भरिएको छैन । हातिम अन्सारी भने विराज भट्टलाई पर्दामा हेर्न उत्साहित छन् । लेख्छन्, ‘२० पटक भन्दा ट्रेलर हेर्ने को हुनुहुन्छ । टाइगर इज ब्याक ।’

यो सिनेमाबाट समीरसँगै दुई अभिनेतृ पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यू गरेका छन् ।

फिल्ममा उनीहरूसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल शुलेमान शंकरको अभिनय छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : ११ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र