ट्रेन्डिङ १ मा ‘१२ गाउँ’को ट्रेलर, समीरतिर दर्शकको नजर | Khabarhub Khabarhub

ट्रेन्डिङ १ मा ‘१२ गाउँ’को ट्रेलर, समीरतिर दर्शकको नजर


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता विराज भट्टको फिल्म ‘१२ गाउँ’ २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ । मंगलबार सार्वजनिक ट्रेलरमा केही घण्टामै सो फिल्म युट्युबको ट्रेन्डिङमा परेको थियो ।

आगमी फूलपाती अर्थात् असोज २४ बाट प्रदर्शनमा आउने यस फिल्मबाट विराजका छोरा समीरले डेब्यू गर्दैछन् । त्यहीकारण फिल्मले चर्चा पाएको छ । फिल्मका सार्वजनिक प्रचार सामाग्रीलाई दर्शकले चासोसाथ लिएका छन् ।

यस फिल्मको ट्रेलर युट्युबको समग्र ट्रेन्डिङको सातौँ नम्बरमा छ । पछिल्लो समय कमै फिल्म मात्रै समग्र ट्रेन्डिङमा पर्ने गर्छन् ।

ट्रेलरमा एक्सनका दृश्यलाई प्राथमिकतासाथ देखाइएको छ । जसमा विराज र समीरको एक्सन देख्न सकिन्छ ।

समीरको सुगठित शरीरले दर्शकको ध्यान खिचेको छ । ट्रेलर हेरेर कतिपय दर्शकले ‘नेपाली फिल्मले नयाँ हिरो पाएको’ प्रतिक्रिया दिएका छन् ।

दीप धामीले कमेन्टमा लेखेका छन्, ‘हिरो भनेको समीर जस्तो हुनुपर्छ । सिक्स प्याक्स, हेन्डसम र सुपर एक्टिङ ।’

कतिपयले समीरको बुवाको फिल्मी विरातसत धान्ने अनुमान पनि लगाएका छन् । श्याम मगर लेख्छन्, ‘विराज भट्ट जस्तो कोही थिएन । अब छोराले स्थान लिनेभयो ।’

यस ट्रेलरले भ्युजसँगै राम्रो प्रतिक्रिया पनि पाएको छ । प्रतिक्रियाबाट थाहा हुन्छ– ट्रेलरले दर्शकको ध्यान तानेको छ । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रेलर दुईपटक भन्दा बढी हेरेको प्रतिक्रिया दिएका छन् ।

विशाल तामाङ लेख्छन्, ‘धेरै पटक हेरेँ तर मन भरिएको छैन । हातिम अन्सारी भने विराज भट्टलाई पर्दामा हेर्न उत्साहित छन् । लेख्छन्, ‘२० पटक भन्दा ट्रेलर हेर्ने को हुनुहुन्छ । टाइगर इज ब्याक ।’

यो सिनेमाबाट समीरसँगै दुई अभिनेतृ पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यू गरेका छन् ।

फिल्ममा उनीहरूसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल शुलेमान शंकरको अभिनय छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : ११ बजे

भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले

चलचित्र बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

काठमाडौं– चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट

एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा कृषि फार्मका सञ्चालक

सुनमा दुई प्रतिशत विलासिता कर : उपभोक्तालाई भार, तस्कर मालामाल !

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते सङ्घीय

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

काठमाडौ- बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त पाटन कलेज