प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ : सुरुमै उठ्यो डिभोर्सको कुरा, सुनाए २४ बुँदे कार्ययोजना « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ : सुरुमै उठ्यो डिभोर्सको कुरा, सुनाए २४ बुँदे कार्ययोजना


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ थालिएको छ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका राउतको बुधबारदेखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको हो।

राउतविरूद्ध समितिमा विभिन्न व्यक्तिले ६ वटा उजुरी हालेका छन् । संसदीय सुनुवाइ समितिले राउतविरूद्ध १० दिनको समयसहित उजुरी मागेको थियो ।

उनीविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि नेपाली कांग्रेसप्रति झुकाव राखेर हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्म उजुरी परेक‍ा छन् ।

चितवन निवासी एकजना महिलाले जग्गासम्बन्धी विवादमा राउतको फैसलाले आफूलाई बिल्लीबाठ पारेको गुनासोसहित समितिमा उजुरी दिएकी छन् ।

२०७९ मंसिर ६ गतेको निर्वाचनका दिन बाजुरामा कांग्रेस कार्यकर्ताद्वारा हत्या गरिएका चेतन अयडीका बुवा गगन अयडीले राउत कांग्रेसप्रति बफादार बनेर फैसला दिएको उजुरी दिएका छन् । उनले न्यायाधीश राउत कांग्रेसको कार्यकर्ता जस्तै रहेको भन्दै अनुमोदन नगर्न भनेका हुन् ।

राउतले बुधबार भएको सुनुवाइका क्रममा सबै आरोपको खण्डन गरेका छन् । न्यायालय सुधारका योजनासहित उनले २४ बुँदामा कार्ययोजना पेश गरेका छन् । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्म सवाल समेटेर सुनुवाइ समितिमा योजना पेश गरेका हुन् ।

संसदीय सुनुवाइ समितिमा परिचय सत्रमै राउतले आफ्नो निजी जीवनबारे उठाइएका प्रश्नबारे जवाफ दिएका छन् ।

उनले श्रीमती र आफूबीचको सम्बन्ध सुमधुर हुन नसक्दा २०७७ मंसिर १० गते सम्बन्ध विच्छेद गरेको बताए । महिला अस्मिता, सम्मान र प्रतिष्ठाका लागि यो विषयलाई बढाउनु उचित नहुने उनले बताए ।

‘माननीयज्यूहरूलाई मेरो दाम्पत्य जीवनबारे संशय हुन सक्छ भनेर परिचयमै जोड्न चाहेको छु । दुर्भाग्यवश हाम्रो दाम्पत्य जीवन सुमधुर हुन सकेन । हामीले अलग–अलग बस्ने निर्णय गर्यौँ’, उनले भने, ‘२०७७ मंसिर १० गते डिभोर्स गर्यौँ । आज महिला अस्मिता, सम्मान र प्रतिष्ठाका लागि यो विषय यहाँभन्दा धेरै उजागर गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन ।’

प्रस्तावित प्रधानन्यायाधीश राउतकी श्रीमती ललिता कुमारीले अर्काको बच्चलाई आफ्नो भनेर जन्मदर्ता गराएको आरोप लागेको थियो । प्रस्तावित प्रधानन्यायाधीश राउतका बुवाले दिएको उजुरीको आधारमा ललितालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि २०७७ मा उनीहरूबीच सम्बन्धविच्छेद भएको हो। प्रस्तावित प्रधानन्यायाधीश राउतकै मिलेमतोमा अर्काको बच्चा आफ्नो भनेर जन्मदर्ता गराएको आरोप लगाउँदै संसदीय समितिमा उजुरी परेको थियो ।

अधिवक्ताबाट न्यायाधीशको नियुक्ति लिइसकेपछि आफूले नौ हजार दुई सय ४५ मुद्दा फैसला गरेको पनि सुना । उनले विभिन्न समितिमा बसेर काम गरेको पनि सांसदहरूलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : २९ बजे

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको