दैनिक उपभोग्य वस्तुको अभाव छैन : मन्त्री भण्डारी « Khabarhub

दैनिक उपभोग्य वस्तुको अभाव छैन : मन्त्री भण्डारी


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताएका छन् । 

उनले बजारमा अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल पनि सञ्चालन गरिएको जानकारी गराए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको मन्त्रालयमा आज ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले विपद्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने बताए। 

‘काठमाडौँमा आउने तरकारी छिमेकी जिल्लाहरू धादिङ, नुवाकोट, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट हो, बाढीपहिरोले एकातिर बाटो बन्द भयो, अर्कोतिर वर्षाले तरकारी खेतीमा नोक्सानी गर्यो, त्यसकारण केही दिन तरकारी आयात हुन समस्या भयो र केही मूल्य वृद्धि भएको हो’, उनले भने, ‘विस्तारै तरकारी आयात भइरहेको छ, मन्त्रालयबाट महङ्गोमा तरकारी बेचेको पाइए कारबाही गर्न मातहतका निकायलाई निर्देशन भइसकेको छ ।’

विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै मन्त्री भण्डारी बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कोही कसैले कालो बजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं ११३७ मा खबर गर्न आग्रह गरे । 

उनले भने, ‘अमूर्तरुपमा कालोबजारी, अभाव र मूल्यवृद्धि भयो भन्ने गरिन्छ, कहाँ छ त्यसो भएको भनेर हामीलाई जानकारी गराउनुस्, हामी तत्काल ‘एक्सन’ लिएर ठाउँका ठाउँ कारबाही गर्छौं ।’ व्यावसायिक शुद्धतासहित जनतालाई अत्यावश्यक वस्तुको उपलब्धताका लागि वाणिज्य मन्त्रालयबाट कुनै कसर बाँकी नराखिएको बताए। 

आधारभूत तहलाई दैनिक उपभोग्य वस्तुको सहज उपलब्धताका लागि मन्त्रालय लागिपरेको उनको भनाइ छ । उनले हरेक अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कम्तीमा पाँचदेखि १० सम्म मन्त्रालय मातहतका बिक्री कक्षमा सस्तो मूल्य कायम गरिएको जानकारी गराए।

मन्त्री भण्डारीले अत्यावश्यक वस्तुका रुपमा रहेको पानीको अधिकतम खुद्रा मूल्यभन्दा बढी लिने जुनसुकै होटल तथा रेष्टुरेन्ट कारबाहीको दायरामा आउने र सो क्रम जारी रहेको बताए। उनले छिट्टै राजमार्गका होटललाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया भइरहेको जानकारी गराए। मन्त्री भण्डारी कम्तीमा पनि चारवटा होटल भएको ठाउँमा यात्रुवाहक सवारी साधन रोकिनुपर्ने र एकान्तमा सञ्चालन गरिएका होटल कारबाहीको दायरामा आउने बताए।

नेकपा ९एमाले० युवा विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य रमेश पौडेल, युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष रामजी सापकोटासहितको टोलीले विपद्जन्य अवस्था र चाडपर्वको मुखमा सहज आपूर्ति गर्नुपर्नेलगायत विभिन्न छबुँदे माग राखेर मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको थियो । साथै सो क्रार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेल उपस्थित थिए।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ०१ बजे

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२-८३

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की– मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा

गृहमन्त्रीद्वारा काठमाडौं र मकवानपुरको मतदानस्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

राजनीतिक दलका चुनावी घोषणापत्र : निःशुल्क स्वास्थ्यमा जोड

काठमाडौं– आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य