अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते | Khabarhub Khabarhub

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारीले बताएका छन् ।  

विगत दश दिनदेखि परेको भारी वर्षाले गजनी, लघमान, नङगरहार, फराह, पक्तिया, बदघिस, हेरातदयाकुन्डी प्रान्तमा आकस्मिक बाढी ल्याएको राष्ट्रिय विपद् व्यवस्थापनका प्रवक्ता मुल्लाह जनान स्याकले बताएका छन् ।  

स्याकका अनुसार बाढीले अन्य प्रान्तहरूमा पनि ठुलो मात्राामा सम्पत्ति क्षति पुर्याउँदा  १०९ वटा आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने  लगभग ६५० हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

गत मे देखि परेको निरन्तरको वर्षाले गर्दा भएका दुर्घटनाहरूमा ४०० भन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्, भने गम्भिर आर्थिक क्षति भएको जनाइएको छ ।  

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : २४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग