अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते « Khabarhub

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारीले बताएका छन् ।  

विगत दश दिनदेखि परेको भारी वर्षाले गजनी, लघमान, नङगरहार, फराह, पक्तिया, बदघिस, हेरात र दयाकुन्डी प्रान्तमा आकस्मिक बाढी ल्याएको राष्ट्रिय विपद् व्यवस्थापनका प्रवक्ता मुल्लाह जनान स्याकले बताएका छन् ।  

स्याकका अनुसार बाढीले अन्य प्रान्तहरूमा पनि ठुलो मात्राामा सम्पत्ति क्षति पुर्याउँदा  १०९ वटा आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने  लगभग ६५० हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

गत मे देखि परेको निरन्तरको वर्षाले गर्दा भएका दुर्घटनाहरूमा ४०० भन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्, भने गम्भिर आर्थिक क्षति भएको जनाइएको छ ।  

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : २४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने