अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते « Khabarhub

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारीले बताएका छन् ।  

विगत दश दिनदेखि परेको भारी वर्षाले गजनी, लघमान, नङगरहार, फराह, पक्तिया, बदघिस, हेरात र दयाकुन्डी प्रान्तमा आकस्मिक बाढी ल्याएको राष्ट्रिय विपद् व्यवस्थापनका प्रवक्ता मुल्लाह जनान स्याकले बताएका छन् ।  

स्याकका अनुसार बाढीले अन्य प्रान्तहरूमा पनि ठुलो मात्राामा सम्पत्ति क्षति पुर्याउँदा  १०९ वटा आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने  लगभग ६५० हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

गत मे देखि परेको निरन्तरको वर्षाले गर्दा भएका दुर्घटनाहरूमा ४०० भन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्, भने गम्भिर आर्थिक क्षति भएको जनाइएको छ ।  

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र