बाढी पहिरोपछि सङ्क्रमण फैलन नदिन सर्वपक्षीय बैठक, सतर्कता अपनाउन आग्रह « Khabarhub

बाढी पहिरोपछि सङ्क्रमण फैलन नदिन सर्वपक्षीय बैठक, सतर्कता अपनाउन आग्रह


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि सङ्क्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरूसँग आग्रह गरेका छन् ।

मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका श्रोत प्रदुषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका सङ्क्रामक रोग लाग्न नदिन आ-आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे ।

विपद्का समयमा स्वास्थ्यकर्मीहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, स्वास्थ्यकर्मीहरूले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्याएको भूमिका सराहनीय छ, अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला । आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौं

उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि सङ्क्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठेरो फुकाउन मन्त्रालय लाग्ने उनले बताए ।

बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धिकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरे ।

बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरूले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धिकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग मागेका थिए ।

मन्त्री पौडेलले दुईवटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाए । उनले सङ्घीय राजधानी उपत्यकामा जनसङ्ख्या पनि बढी रहेको र अहिले सङ्क्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर सङ्क्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए । यसका लागि प्रदेश र महानगरसँग हातेमालो गर्ने पनि उनले बताए ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बाढीका कारण खानेपानी प्रदुषित भएकाले आफूहरूले ट्यांकरबाट किनेरै क्लोरिनेशन गरेर पानी वितरण गरेको बताए ।

बैठकमा मन्त्रालयका सचिव डा। रोशन पोखरेलले मन्त्रीज्यूको निर्देशनअनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा सङ्क्रमण रोक्न नदिन आवश्यक थप कदमहरू चाल्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ५३ बजे

महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता

गाईघाट – महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की