राउत प्रधानन्यायाधीश पक्का, संसदीय समितिबाट अनुमोदन « Khabarhub

राउत प्रधानन्यायाधीश पक्का, संसदीय समितिबाट अनुमोदन


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका राउतबारे बुधबार संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेको थियो।

सुनुवाइ सकिएसँगै संसदीय समितिले भावी प्रधानन्यायाधीशमा राउत नाम अनुमोदन गरेको हो ।

राउतविरूद्ध समितिमा विभिन्न व्यक्तिले ६ वटा उजुरी हालेका थिए । संसदीय सुनुवाइ समितिले राउतविरूद्ध १० दिनको समयसहित उजुरी मागेको थिए ।

उनीविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि नेपाली कांग्रेसप्रति झुकाव राखेर हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्म उजुरी थिए।

चितवन निवासी एकजना महिलाले जग्गासम्बन्धी विवादमा राउतको फैसलाले आफूलाई बिल्लीबाठ पारेको गुनासोसहित समितिमा उजुरी दिएकी थिइन् ।

२०७९ मंसिर ६ गतेको निर्वाचनका दिन बाजुरामा कांग्रेस कार्यकर्ताद्वारा हत्या गरिएका चेतन अयडीका बुवा गगन अयडीले राउत कांग्रेसप्रति बफादार बनेर फैसला दिएको उजुरी दिएका थिए । उनले न्यायाधीश राउत कांग्रेसको कार्यकर्ता जस्तै रहेको भन्दै अनुमोदन नगर्न भनेका थिए।

राउतले बुधबार भएको सुनुवाइका क्रममा सबै आरोपको खण्डन गरेका थिए । उनले न्यायालय सुधारका योजनासहित उनले २४ बुँदामा कार्ययोजना पेश गरेका थिए । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्म सवाल समेटेर सुनुवाइ समितिमा पेश गरेको योजनामा सन्तुष्टि जनाउँदै समितिले उनको नाम अनुमोदन गरेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ३२ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)