फोटो फिचर

दशैंलाई मुस्ताङबाट आइपुगे च्याङ्ग्रा (तस्बिरहरू)

By खबरहब

October 02, 2024

काठमाडौं– मासुप्रेमीका लागि आशनन्न दशैँमा बेच्ने च्याङ्ग्रा मुस्ताङबाट काठमाडौं आइपुगेका छन् ।

दशैं र तिहारसहितका चाडलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं भित्र्याइएको हो ।

अहिले यी च्याङ्ग्रालाईकलंकीको खसी बजारमा बिक्रीका लागि राखिएको छ । पहिलो दिन बुधबार ७९ वटा च्याङ्ग्रा कलंकी खसी बजार आइपुगेका हुन् ।

यसपटक जिउँदो च्याङ्ग्रा प्रतिकिलोग्राम १३ सय रुपैयाँले बिक्री गरिने भएको छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय