बन्दसत्र रोकिएपछि क्रान्तिकारीको सम्मेलनस्थलमा तोडफोड, ९८ वटा कुर्सी भाँचियो « Khabarhub

बन्दसत्र रोकिएपछि क्रान्तिकारीको सम्मेलनस्थलमा तोडफोड, ९८ वटा कुर्सी भाँचियो


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरमा जारी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र बुधबारसम्मलाई रोकिएपछि तनाव भएको छ ।

बन्दसत्र असोज १७ गते बिहान १० बजे फेरि सञ्चालन गर्ने गरी कीर्तिपुरस्थित अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा तोडफोड गरिएको हो ।

असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा परेको छ । यस्तोमा बन्द सत्र नै स्थगित गरेर नेतृत्व चयन र उमेर हद विवाद मिलाउने जिम्मा पार्टीलाई दिएपछि असन्तुष्टहरूले तोडफोड गरेका हुन् ।

विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाए पनि उनी असफल भएका थिए । क्रान्तिकारीको सम्मेलनमा भद्रगोल भएपछि मंगलबार पनि तोडफोड र हानाहान भएको थियो ।

असन्तुष्ट समूहले राष्ट्रिय सम्मेलनस्थलमा राखिएका ९५ वटा प्लास्टिक कुर्सी भाँचेका छन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखा प्रमुखको कार्यकक्षका तीनवटा कुर्सी पनि भाँचिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ०० बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै