कांग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन « Khabarhub

कांग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूका महाधिवेशन सम्पन्न गर्नका लागि ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ । 

कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको हो । 

तीन वटै भ्रातृ संस्थाहरूका तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशनसमेत गर्न सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको कांग्रेसले जनाएको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ को निर्णयअनुसार महिला सङ्घ, तरुण दल र नेविसङ्घले आगामी चैत मसान्तसम्ममा अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिए । 

सभापति देउवाले उपसभापति उमाकान्त चौधरीलाई महिला सङ्घको महाधिवेशनका लागि ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ संयोजक तोकेका छन् । समितिमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य छन् । 

यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को संयोजकत्वमा तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको छ । उपाध्याय नेतृत्वको समितिमा केन्द्रीय सदस्यद्वय सरिता प्रसाईं र जीतजंग बस्नेत सदस्य छन् । 

सभापति देउवाले सहमहामन्त्री किशोरसिंह राठौरको संयोजकत्वमा नेविसंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन् । उनको समितिमा केन्द्रीयहरू राजिव ढुंगाना र प्रतिमा गौतमलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ०५ बजे

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि