अन्तर्राष्ट्रिय

सिलिकनअटोले भारतमा बनायो नयाँ शोध केन्द्र

By खबरहब

October 02, 2024

काठमाडौँ– फक्सकन र स्टेलान्टिसको संयुक्त लगानीमा गठन भएको सिलिकनअटोले भारतमा सेमिकण्डक्टरको शोध र विकास केन्द्र स्थापना गरेको छ । सिलिकनअटोले अटोमोटिभ क्षेत्रमा काम गर्दै आएको छ ।

अटोमोटिभ क्षेत्रमा आवश्यक पर्ने सेमिकण्डक्टरको शोध र विकासका लागि भारतको बैंगलोरमा केन्द्र स्थापना गरेको हो ।  सिलिकनअटोले एक विज्ञप्ति जारी गर्दै नयाँ शोध केन्द्रले विद्युतीय सवारी, स्वचालित ड्राइभिङ र संयोजित सवारी प्रविधिका लागि आगामी पुस्ताको सेमिकण्डक्टर विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार फक्सकनले विद्युतीय सवारी उत्पादनका लागि कारखाना स्थापना गर्ने तयारी गरिरहेको छ । फक्सकनका भारत प्रतिनिधि भी लीले नयाँ शोध केन्द्रले नयाँ प्रविधिको विकास गर्ने कम्पनीको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको जनाएका छन् ।