कोशी फुटेपछि राहत लिएर गएको हेलिकप्टर आफैं बाढीमा डुब्यो « Khabarhub

कोशी फुटेपछि राहत लिएर गएको हेलिकप्टर आफैं बाढीमा डुब्यो


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय वायुसेनाको एउटा हेलिकप्टर बिहारको बाढीमा आपतकालीन अवतरणका क्रममा डुबेको छ ।

कोशी नदी बिहार राज्यको दरभंगामा फुटेर बस्तीमा पसेपछि भएको डुबानमा फसेका मानिसलाई राहत-सामग्री बाँड्न पुगेको हेलिकप्टर आफैं डुबेको हो ।

राहत लिएर पुगेको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि पानीमै अवरण गर्ने क्रममा डुबेको हो।

यो घटना बिहार राज्यस्थित मुजफ्फरपुरको हो । बुधबार पानीमा वायुसेनाको हेलिकप्टर आपतकालीन अवतरणका क्रममा डुबेको हो।

समाचार अनुसार बुधबार दिउँसो बाढीपीडितलाई हेलिकप्टरबाट लगेर राहत बाँड्नुपर्ने थियो । त्यहीबेला हेलिकप्टरको एउटा ब्लेड भाँचिएको थियो । जसका कारण हेलिकप्टरलाई आपतकालीन अवतरण गराउनुपर्‍यो । यो अवतरण बाढीकै पानीमा गराउने क्रममा हेलिकप्टर डुबेको हो ।

इन्डिया टुडेका पत्रकार रोहित सिंहले गरेको रिपोर्टिङअनुसार घटना मुजफ्फरपुर जिल्लाको घनश्यामपुरमा भएको हो । यहाँ इन्डियन एयर फोर्सको हेलिकप्टर राहत बोकेर पुगेको थियो ।

राहत लिएर पुगेको हेलिकप्टरको पंखाको एउटा ब्लेड अचानक भाँचिन पुग्छ। त्यसपछि पाइलटले हेलिकप्टरलाई पानीमै उतारेका थिए । तर यो घटनामा कसैको ज्यान भने तलमाथि भएन।

स्थानीयबासीले तत्कालै डुंगा लगेर हेलिकप्टरमा सवार सबै जवान र पाइलटलाई बचाएका छन् । तर त्यही क्रममा केही स्थानीयले हेलिकप्टरबाट राहत सामग्री लिएर पनि भागेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ५७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने